समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुँदा अपराध बढ्योः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताउनुभएको छ ।

शनिवार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताउनुभएको हो ।

उहाँले यस प्रकारको अदृश्य बन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताउनु भयो । उहाँले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धनहरुको प्रवर्धन गर्नुपर्ने बताउनु भयो ।

मानिसहरु स्वयं नैतिक बन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उहाँको भनाई छ । उहाँले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट