आफुलाई सामाजिक अभियन्ता भन्दै हिड्ने पुण्य गौतम र युवराज सफल पक्राउ

आफुलाई सामाजिक अभियन्ता भन्दै हिड्ने पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् । भाइरल अन्तर्वार्ता दिएर चर्चामा आउने यी दुवै जना आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरबाट पक्राउ परेका हुन् ।

चितवनको शिशु निकेतनमा अध्ययनरत छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणमा अस्पतालले पोस्टमार्टम रिपोर्ट दिएपछि आन्दोलनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर उनीहरू अस्पताल क्षेत्रमा नाराबाजीमा उत्रिएका थिए । उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट