यस्तो छ गोर्खा वारियरको जय जय गोर्खाली गित

काठमाडौं। आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने  चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहीबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

सशस्त्र प्रहरी बल पूर्व महानिरीक्षक एवम् वरिष्ठ गीतकार शैलेन्द्र खनाल ‘सरद’ले यो गीतलाई लेखेका हुन् । गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको सङ्गीत रहेको छ । कतव्र्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले निकै आकर्षक र माधुर्य रूपमा गाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट