‘मोदीबेनी’मा अमर प्रतापसँग वर्षा शिवाकोटी

काठमाडौं, १६ माघ । मंगलवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ । यस चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्नु हुने छ । सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिनुभएको थियो । चलचित्रका निर्देशक शंकर कोइरालाले चलचित्र पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा बन्ने बताउनुभयो । चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट