यस्तो छ चलचित्र रंगेली को पहिलो सार्वजनिक गीत

अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’ को पहिलो गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘हातैले उघाएर’ बोलको गीत सार्वजनिक गरिएको हो। शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र प्रिन्स विश्वकर्माको नृत्य देख्न सकिन्छ।

निशान भट्टराई र लिला गजमेरको स्वर रहेको गीतमा अर्जुन सुवेदीको शब्द तथा हर्कुलस बस्नेतको संगीत छ। सुवेदीकै लेखन रहेको फिल्ममा मिरूना मगर, दयाहाङ राई, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन्।

संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्।  यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट