व्यवस्थामा मात्र होइन, अवस्थामा पनि परिवर्तन आएको छ: नेता सिंह

काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र होइन अवस्थामा पनि परिवर्तन आएको दाबी गर्नुभएको छ । कांग्रेस स्थापना दिवसका अवसरमा बागमती प्रदेश कांग्रेसले शुक्रबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताउनु भएको हो । उहाँले कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन ल्याएको पनि बताउनुभयो । उहाँले केही भएन भन्ने हौवाको पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्दै राजनीतिक व्यवस्था बदलिएको अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको खण्डन नै गर्नुभयो । सिंहले अरू दलले गर्न नसकेको काम कांग्रेसको नेतृत्वमा भएको स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धिको अभियानको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट