चिसो बढेपछि बुटवलका स्कुलहरु ३ दिन बन्द

बुटवल | जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन जाडो बिदा दिएको हो ।

बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले एक सूचना जारी गरी उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने बताएका छन्। बुटवल उपमहानगरपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जाडोका कारण बुटवलको जनजीवन प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट