प्रकृतिको बर्णन गरिएको आधुनिक गित “पहाडकी रानी” सार्वजनिक

काठमाडौं : सञ्चारकर्मी उदयराज शर्माको नयाँ गीत पहाडकी रानी सार्वजनिक भएको छ । शर्माको शब्द,संगीत र स्वरमा रहेको “पहाडकी रानी” बोलको गीतको म्यूजिक भिडियो सिने सँगालो युटुब च्यानलबाट शनिवार सार्बजनिक भएको हो ।गीतले प्रकृति र नारीलाई समानरुपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।गीतको रेकर्डिङ ए लेभल स्टुडियोमा भएको हो भने गीतमा संगीत संयोजन सञ्जय हमालको रहेको छ ।

विष्णु ठकुरीको छायांकन तथा निर्देशन रहेको गीतको भिडियोलाई उदयराज शर्माले नै सम्पादन गरेका हुन्  भने सुजल श्रेष्ठको रंग संयोजन रहेको छ ।

म्यूजिक भिडियोको निर्माता आर्यव शर्मा र आरध्या लक्ष्मी शर्मा रहेका छन् । भिडियोमा पूजा सोनी, उदयराज शर्मा र रवि अर्यालको अभिनय रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट