काठमाडौं । मोडल दिपेन्द्र सोनामले अभिनय गरेको गायक कमल खत्री र मनु दाहालको स्वरमा सजिएको “मायामा” बोलको गीत सार्वजनिक भएको छ ।
मनु दाहाल नामको युटुव च्यानलनबाट सार्वजनिक भएको गीतमा शब्द हिमान्सु रायमाझीको रहेको छ भने संगीत कमल खत्रीको रहेको छ । साश्वत श्रेष्ठले ऐरेन्ज गरेको गीतमा अभिनय प्रीतिका शर्मा र दिपेन्द्र सोनामको रहेको छ ।
सोनामले केही दिन अघि भारतको चण्डीगढमा सम्पन्न भएको भारती इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोत्कृष्ट अभिनयको अवार्ड समेत जिति सकेका छन् ।
