काठमाडौँ । अमेरिका पुगेकी अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छिन् । कोलोराडो स्प्रिङ्समा शनिवार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् ।
श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए । सोही अवसरमा रेखा दम्पतीले केक समेत काटेका छन् । रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन् । जसमा रेखा दम्पती निकै खुसी देखिन्छन् । सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन् ।

चिकित्सकले उनलाई माघ फागुनको डेलिभरी समय दिएका छन् ।रेखाले पछिल्लो समय निर्माण अभिनय गरेको फिल्म ‘उपहार’ फागुन २५ प्रदर्शनमा आउँदैछ । उनले अमेरिकाबाटै अहिले फिल्मको भर्चुअल प्रचारप्रसार समेत गरिरहेकी छन् । नेपालमा भने निर्देशक ज्ञानेन्द्र देउजा लगायतका टिमले फिल्म प्रचार गरिरहेका छन् ।
