निर्देशक ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ ’ को दोस्रो श्रृंखलाको छायांकन सम्पन्न भएको छ । झिंगेदाउ २ को अन्तिम छायांकन चितवनको देवघाटमा भएको हो । दोस्रो श्रृंखलामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुषको अभिनय रहेको छ ।

