रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला

काठमाडौँ। ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप,जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्। भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ। सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृस्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक खनालले बताए। । भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिबार्य समाबेश गर्नुपर्नेछ । भिडियो पठाउने जिमेल [email protected] रहेको छ भने नम्बर 9702091421 रहेको छ।
बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जानकारी दिए ।
डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्ट रहेको छ। रियालिटी शो रास्ट्रीय टेलिभिजनबाट प्रशारण हुनेछ । प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट