फिदिम देखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य (फोटो फिचर ) 

नवलपुर, फागुन ८ गते । गत शुक्रबार ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिमबाट भब्य सांगीतिक यात्रा सुरु गरेको गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड यो मंगलबार सम्म आइपुग्दा तीनवटा शहरमा भब्य रुपमा गुञ्जियो । ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिममा अहिले सम्मकै ठुलो सांगीतिक प्रस्तुती दिएको ब्याण्डले आइतबार मोरङको विराटचोकमा अर्को धमाकेदार प्रस्तुति दिएको थियो त्यसपछि मंगलबार मध्य नेपालको नवलपुरमा पुगेर कार्यक्रम गरे सगै ब्याण्डको एक चरणको पुर्व -पश्चिम कार्यकम सकिएको हो ।
मंगलबार नवलपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहेको आठौँ नवलपुर महोत्सवमा पनि ब्यान्डको पूर्वमा जतिकै क्रेज देखियो ।
राति ८ बजे कार्यक्रम सुरु भएयता करिब डेढ घण्टा सम्म पाँच हजार भन्दा बढी दर्शक गायक दीपक बज्राचार्य र रिदम ब्याण्डको प्रस्तुतिमा झुमेका थिए  ‘म त हावा सँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेको  ब्याण्डले अन्तिम गीत ‘मनमागन’सम्म आइपुग्दा आफुलाई दर्शकको उत्त्साह संगै निरन्तरता दिएको थियो  ।
आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गर्दै दर्शकलाई मनोरंजन गराउन अब्बल मानिएको रिदम ब्याण्ड स्वदेश देखि विदेश सम्म लोकप्रिय मानिएको छ अब अर्को हप्ताबाट नेपाल भित्रै फेरि अर्को चरणको कार्यकम सुरु हुने ब्याण्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट