काठमाडौं । नेपालीको महिलाहरूको महान् चाड तीज नजिकिँदै जाँदा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा सरु गौतमको स्वरमा रहेको तीज गीत ‘नाम जोडियो’ सार्वजनिक भएको छ ।
कुमार कटुवालको शब्द, दीपक शर्माको सङ्गीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जेरी भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा गुराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनियन अधिकारीलगायतलाई फिचरिङ गरिएको छ । राजेश घिमिरेको छायांकन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।
