गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण होः मनोज गजुरेल

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले गाईजात्रा कलाकारहरुको आर्थिक उपार्जनको अवसर मात्रै नभइ नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताउनु भयो । उहाँले अहिले देशको आर्थिक अवस्था कमजोर भएको बताउनु भयो ।

सो अवसरमा गजुरेलसहित कलाकार शैलेन्द्र शिम्खडा, सुवोध गौतमले गाईजात्रा विशेष प्रस्तुती गर्नुभएको थियो ।

हरेक वर्ष गाईजात्राको अवसरमा सामाजिक, राजनीतिक, सांस्कृतिक बेथितिबिरुद्ध कलाकारहरुले व्यंग्य गर्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट