काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । हिजो शुक्रबार नै डबिङ गर्ने भनिएता पनि प्रधानमन्त्रीको समय अभावका कारण आज शनिबार अनामनगरस्थित The Music Era Recording Studio मा डबिङ गरिएको हो ।
ओलीले उक्त चलचित्रमा प्रधानमन्त्रीकै भुमिकामा अभिनय गरेका छन् । प्रधानमन्त्री आउने भएपछि बिहानैदेखि अनामनगर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो । ३ बजे स्टुडियो आइपुग्ने भनिएता पनि करिब डेढ घण्टा ढिलो गरि आइपुगेका थिए ।
प्रधानमन्त्री आउने क्रममा भि.आई.पि. व्यवस्थापनको लागि चलचित्रका निर्माण व्यवस्थापक शंकर पाण्डे खटिएका थिए ।
डबिङ गरिसकेपछि प्रधानमन्त्रीले संचारकर्मीलाई प्रतिक्रिया दिन भने मानेनन् । तर, नमेटिने घाउका निर्देशक रमित ढुंगानाले डबिङ राम्रो भएको र प्रधानमन्त्री ओली राम्रो कलाकार समेत भएको ओहोपोष्टलाई जानकारी दिए ।
भाद्र ७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभलको वास्तविक जीवनमा आधारित छ ।