शान्तिश्री परियारको तीज गीत ‘बैँस जोबन उम्रो’

काठमाडौँ । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ ।

डी आर सुजनको शब्द, सङ्गीत र आशिष् अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ दुःखमा आत्तिने र सुखमा न मात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ ।

डी आर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई डी आर सुजनले नै निर्देशन गरेका हुन भने गीत डी आर सुजन कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट