बाल हिंसाको बिषयमा टेरेसाले ल्याइन ‘मनको कथा’ (भिडियो)

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा ‘मेरो मनको कथा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतकार उर्मिला बस्नेतको शब्दरचना र लोकप्रिय संगीतकार हरि लम्सालले संगीतबद्द र एरेन्ज गरेको गीतलाई राजधानीको अकेष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो ।

टेरेसालाइ नै मूख्य पात्रका रूपमा देखाइएको गीतको भिडियोमा बुवाआमाको बिछोडपछि होस्टल या आश्रममा बस्न विवश बच्चालाई कतिसम्म पीडा हुन्छ भन्ने कुरालाइ दर्शाईएको छ ।

कहिलेकाँहीँ चाडपर्व, छुट्टीमा आमा लिन आउँदा सौताने बुवाले देखाएको प्रतिक्रिया र बुवा लिन आउँदा सौताने आमाले देखाएको प्रतीक्रियाले बच्चाको मनमा पर्न गएको गहिरो आघातलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा बाआमाहरुले साना साना समस्या र विवादलाई सुल्झाउन नसक्दा त्यसको असर सन्तानमा कसरी परिरहेको छ ।समाजमा बढिरहेको बाल हिंसाको स्वरूप, समस्या र समाधानको बारेमा भिडियोमा सशक्त प्रस्तुत गरिएको छ ।

भिडियोमा टेरेसाको साथमा सुवाश, सोनिका र अन्विशा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। दिनेश पराजुलीको सिनमाटोग्राफी, विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई यु आर (UR Music ) मार्फत सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट