आफ्नो मायालुलाई ‘गुनासो’ पोख्दै बबिना

काठमाडौं, २३ फागुन । गुनासो छैन् भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी छन् ।

उनले हालै आफ्नो नयाँ गीतमा मायालुलाई प्रश्न गर्दै दुखेसो पोखेकी हुन् । उनले ‘गुनासो’ बोलको गीत मार्फत आफ्नो भावना पोखेकी छन् ।

सरला श्रेष्ठले लेखेको गीतमा बबिना आफैले स्वर भरेकी छन् भने सङ्गित पनि उनकै छ ।

सरला श्रेष्ठले लेखेका शब्दमा उनको स्वरले मिठास भर्ने काम गरेको छ । किनभने गीतको भाव अनुसार बबिनाको स्वर फिट देखिएको छ ।

साहस शाक्यको संगीत संयोजन रहेको गीतलाई नकुल कार्कीले रेकर्ड गरेका हुन् ।

प्रकाश खरेलले मिक्सिङ सम्हालेको गीतको भिडियोमा बबिना आफैले अभिनय गरेकी छन् । उनलाई भिडियोमा गाउदै गरेको देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट