• गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
    • चलचित्र
    • संगीत
    • कला
  • अर्थ
    • बजार
    • बाणिज्य
    • पर्यटन
  • विचार
  • मल्टिमिडिया
    • भिडियो
    • फोटो ग्यालरी
  • अन्तर्वार्ता
  • विविध
    • शिक्षा
    • स्वास्थ्य
    • प्रविधि
    • विश्व
    • खेल
Search
Logo
Logo
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
    • चलचित्र
    • संगीत
    • कला
  • अर्थ
    • बजार
    • बाणिज्य
    • पर्यटन
  • विचार
  • मल्टिमिडिया
    • भिडियो
    • फोटो ग्यालरी
  • अन्तर्वार्ता
  • विविध
    • शिक्षा
    • स्वास्थ्य
    • प्रविधि
    • विश्व
    • खेल

इन्धन बजारमा अन्योल: अमेरिका र इरानको दाबी-प्रतिदाबीले मूल्यमा ‘ब्रेक’ लागेन

ओहो पोष्ट
ओहो पोष्ट
२०८२ चैत्र, १०
Share
Facebook
Twitter
WhatsApp
Copy URL

    काठमाडौं । अमेरिका र इरानबीचको विरोधाभासपूर्ण बयानबाजीका कारण सोमबार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक अस्थिरता देखिएको छ ।
    कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा एकै दिनमा भारी गिरावट र पुनः वृद्धि देखिएपछि लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ ।

    सोमबार कारोबारको सुरुवाती समयमा मध्यपूर्वमा बढ्दो तनावका कारण ब्रेन्ट क्रुडको मूल्यप्रति ब्यारेल ११३ अमेरिकी डलर नाघेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अघिल्लो दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको र इरानी पावर स्टेशनहरूमा गर्ने भनिएको आक्रमण पाँच दिनका लागि पछि सारिएको बताएपछि बजारमा नाटकीय परिवर्तन आयो ।

    राम्रो र फलदायी कुराकानी भएको र इरानी पावर स्टेशनहरूमा गर्ने भनिएको आक्रमण पाँच दिनका लागि पछि सारिएको बताएपछि बजारमा नाटकीय परिवर्तन आयो ।
    ट्रम्पको बयानलगत्तै लण्डनमा कारोबार हुने ब्रेन्ट क्रुडको मूल्य १० प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको थियो । तर, यो राहत धेरै समय टिक्न सकेन ।
    इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता वा सम्पर्क भएको कुरालाई तुरुन्तै खण्डन गरेपछि बजार फेरि तातियो । इरानको खण्डनपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५ डलरसम्म पुग्यो र अन्त्यमा १०१ डलर आसपासमा रहेर कारोबार भयो ।

    त्यस्तै, अमेरिकी बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य पनि प्रति ब्यारेल ९८ डलरबाट घटेर ८४.३७ डलरसम्म पुगेको थियो । तेलसँगै युरोपेली प्राकृतिक ग्यासको मूल्यमा पनि यस्तै उतारचढाव देखियो । युरोपको बेन्चमार्क मानिने डच ‘टीटीएफ’ अप्रिल ग्यास फ्युचर्सप्रति मेगावाट–घण्टा ६३ युरोबाट घटेर ट्रम्पको बयानपछि ५४ युरोमा झरेको थियो । तर इरानको खण्डनपछि यो पुनः ५६ युरो आसपास पुग्यो ।

     

     

    Share
    Facebook
    Twitter
    WhatsApp
    Copy URL
      Previous article
      बागमतीमा हराएका स्याङतानको शव तीन दिनपछि फेला
      Next article
      हिँउ माथि हेलि (तस्विरहरु)

      सम्बन्धित समाचार

      मिलेनियम ट्रेकलाई विश्वस्तरको गन्तव्य बनाउनुपर्नेमा जोड

      बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

      कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्य : सभामुख अर्याल

      विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति

      ताजा पोष्ट

      मिलेनियम ट्रेकलाई विश्वस्तरको गन्तव्य बनाउनुपर्नेमा जोड

      ओहो पोष्ट -

      बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

      ओहो पोष्ट -

      कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्य : सभामुख अर्याल

      ओहो पोष्ट -

      सलिना विक र नितेश विकको स्वरमा ‘गोविन्द गोपाल श्याम’ बजारमा

      माधव अधिकारी -

      विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति

      ओहो पोष्ट -

      हाम्रो बारे

      हाम्रो टिम

      विज्ञापन

      अध्यक्ष तथा प्रबन्ध निर्देशक - अनिल श्रेष्ठ 
      सम्पादक: विष्णु ठकुरी
      Phone: 9849763783
      सूचना विभाग दर्ता नं: 4520-2080/2081

      Facebook
      Instagram
      Twitter
      Youtube

      Address: Naxal-01, Kathmandu
      Email: [email protected]

      विज्ञापनका लागि सम्पर्क
      Email: [email protected]

      By Mahak Media Network Pvt. Ltd.

      LogoOHOPOST

      © Copyright 2024 www.ohopost.com - All rights reserved. | Developed by Websitepasal