टर्कीमा झन्डै ६ मिलियन भवनहरू भूकम्पको जोखिममा

टर्कीमा लगभग ६ मिलियन भवनहरू भूकम्पको जोखिमामार रहेको सरकारले बताएको छ । ती मध्ये २ मिलियनलाई तत्काल नवीकरण आवश्यक रहेको टर्कीका वातावरण, शहरीकरण र जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले बताउनु भयो ।

टर्किएमा कुल ३६ मिलियन स्वतन्त्र एकाइहरू र ३१ मिलियन घरहरू छन् । कुरुमका अनुसार टर्की सरकारले ३.४ मिलियन आधुनिक भूकम्प प्रतिरोधी घरहरू निर्माण गरिसकेको छ र हाल २५ लाख रूपान्तरण घरहरू र सामाजिक आवास एकाइहरू सबैभन्दा बलियो, सुरक्षित र स्वस्थ तरिकामा निर्माण गरिरहेको छ ।

फेब्रुअरी ६, २०२३ मा मध्यरातमा दक्षिणी टर्की र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि अर्को दिन दिउँसो ७.७ म्याग्निच्युडको भूकम्प आएको थियो । टर्किएमा भूकम्पले ११ प्रान्तहरूलाई ध्वस्त पारेको थियो । ५३ हजार भन्दा बढी मानिसहरूको मृत्यु हुनुका साथै लाखौँ बिस्तापित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट