सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ

काठमाडौं, २९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ ।

कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट चालु आर्थिक वर्षको ६ महिनामा एक हजार ९५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता भएका हुन् ।

गत आर्थिक वर्ष २०७९/८० भन्दा यो वर्ष अनियमिततासम्बन्धीका उजुरी बढेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी सुर्खेतका दुई सय ७३ उजुरी दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी रत्नचन्द्र गौतमले जानकारी दिनुभयो ।

जिल्लागत रुपमा सबैभन्दा कम रुकुम पूर्वबाट २० वटा उजुरी दर्ता हुँदा रुकुम पश्चिमबाट ८६ वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी, दैलेखबाट एक सय ७७ वटा, डोल्पाबाट ५८ वटा, सल्यानबाट ७६ वटा उजुरी दर्ता भएको गौतमले बताउनुभयो ।

यस्तै, जाजरकोटबाट ७१ वटा, जुम्लाबाट एक सय १७ वटा, कालीकोटबाट ७८, मुगुबाट ९७ वटा र हुम्लाबाट ७८ वटा उजुरी दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट