भरतपुर, २४ माघ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को ६ महिनामा नेपाल सरकारको कुल खर्च रु.५६६ अर्ब ६२ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो ६ महिनामा १३.७ प्रतिशतले वृद्धि भएकोमा, समीक्षा अवधिमा १.७ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा चालु खर्च रु.४३७ अर्ब ३८ करोड, पूँजीगत खर्च रु.४९ अर्ब २४ करोड र वित्तीय व्यवस्था खर्च रु.८० अर्ब रहेको छ ।
यस्तै समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.४९६ अर्ब ५० करोड भएको छ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा १५.३ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ८.२ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.४४३ अर्ब ५५ करोड र गैर कर राजस्व रु.५२ अर्ब ९५ करोड परिचालन भएको छ

