विश्वका १२८ मुलुकसँग नेपालको व्यापार घाटा

सुनिता सुवेदी

काठमाडौं, १० माघ । विभिन्न मुलुकमा नेपालको वैदेशिक व्यापार हुँदै आए पनि धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनासम्ममा नेपालले १ सय २८ मुलुकसँग वैदेशिक व्यापार घाटा बेहोरेको छ । हाल नेपालले १ सय ५५ मुलुकसँग व्यापार गर्दै आएको छ, जसमध्ये २७ मुलुकसँगको व्यापार मात्र नाफामा छ ।

चालु आवको अर्धवार्षिक समय अवधिसम्ममा आयात-निर्यात व्यापारमा सबैभन्दा अगाडि छिमेकी मुलुक भारत छ । व्यापारीक मुलुकमध्ये नेपालले सबैभन्दा धेरै व्यापार घाटा पनि भारतसँग नै बेहोरेको छ । भारतसँग नेपालको व्यापार घाटा ४ खर्व २४ अर्व ४४ करोड ८९ लाख २८ हजार रुपैयाँ छ । भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लख २८ हजार रुपैयाँको आयात हुँदा ५० अर्ब ४४ करोड ५१ लाख ३९ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

दोस्रोमा चीनसँग ६ महिनामा नेपाल १ खर्ब ४५ अर्ब ७९ करोड १ लाख १५ हजार रुपैयाँको व्यापार घाटामा रहेको छ । सोही अवधिमा नेपालले १ खर्ब ४७ अर्ब ३९ करोड ६४ लाख ६० हजार मुल्य बराबरको वस्तु आयात गरेको छ । त्यस्तै नेपालबाट चीनतर्फ १ अर्ब ६० करोड ६३ आख ४५ हजारको मात्रै निर्यात भएको छ ।

यस्तै नेपालले अर्का तेस्रो प्रमुख व्यापारीक मुलुक संयुक्त अरव इमिरेट्स (युएइ) बाट १३ अर्व ४९ करोड ८४ लाख ७३ हजार रुपैयाँको अयात गर्दा १ अर्व २३ करोड ८२ लाख रुपैयाँको वस्तु मात्र निर्यात गरेको छ, अर्थात् पुस सम्ममा नेपाल युएइसँग १२ अर्ब २६ करोड ४६ हजार रुपैयाँ घाटामा रहेको छ ।

चालु आवको अर्धवार्षिक समय अवधिसम्ममा द्विपक्षीय व्यापार गर्दै आएको अन्य मुलुकमध्ये युक्रेनसँग ९ अर्ब ९६ करोड ६५ लाख, मलेसियासँग ८ अर्ब ६० करोड ८२ लाख, अस्ट्रेलियासँग ६ अर्ब ८३ करोड ९१ लाख, इन्डोनेसियासँग ६ अर्ब ३१ करोड ५६ लाख र अर्जेन्टीनासँग ६ अर्व २८ करोड ५२ लाख ६२ हजार व्यापार घाटा छ । त्यस्तै फ्रान्ससँग ४अर्व ९१ करोड २७ लाख, थाइल्यान्डसँग ४ अर्व ५८ करोड ५३ लाख, ओमानसँग ३ अर्व ७३ करोड ७८ लाख, जापानसँग ३ अर्व ३४ करोड ५ लाख र साउदी अरवियासँग ३ अर्व ३० करोड ७७ लाख व्यापार घाटामा रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी ६ महिनासम्ममा व्यापारमा नाफामा रहेको २७ मुलुकमध्ये संयुक्त राज्य अमेरिकासँगको व्यापार सबैभन्दा बढी रहेको छ । अमेरिकासँग नेपाल ७० करोड ३६ लाख नाफामा रहेको छ । अमेरिकाबाट ७ अर्ब ६३ करोड ६३ लाख ६६ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालले अमेरिकातर्फ ८ अर्व ३३ करोड ९९ लाख ६७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

दोस्रोमा रहेको डेनमार्कसँग नेपालले ५० करोड ७९ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ भने डेनमार्क तर्फ २३ करोड ६५ लाख रुपैयाँको वस्तु आयात गरेको छ, अर्थात डेनमार्कसँग नेपाल २७ करोड १४ लाख ६४ हजार रुपैयाँमा नफामा रहेको छ ।

साथै नाफमा रहेका अन्य मुलुक मध्ये नर्वेसँग ६ करोड ४८ लाख, माल्दिभ्ससँग २ करोड ३५ लाख र लाटभियासँग १ करोड ७६ लाख नाफा गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कुल ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट