डिजिटल कृषि बीमा: के यसपटकको बजेटले किसानको माग सम्बोधन गर्ला?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरबिन्द साह विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झनजटिलो कृषि बीमा प्रणाली र यसमा हुने अपचलनको अध्ययन गरी विश्वासिलो डिजिटल कृषि बीमा लागू गर्न सुझाव दिएका हुन् ।

‘झनजटिलो कृषि बीमा र यसमा हुने अपचलनबारे अध्ययनगरी विश्वासिलो डिजिटल कृषि बीमा लागू गरियोस्,’ उनले भने ।
सांसद साहले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट बनाउने क्रममा मानव विकास सूचकांक र भूगोललाई आधार मानेर जिल्लाभित्र प्रभावित क्षेत्रहरूमा विशेष ध्यान दिइ बजेट समतामूलक तरिकाले तर्जुमा गर्न समेत माग गरेका छन्।
उनले कृषिमा आत्मनिर्भरता बढाउन र रोजगारी सृजना गर्न आवश्यक पर्ने सुलभ र सहुलियत मल, बीउ र सिँचाई व्यवस्थापन पनि तत्काल सुनिश्चित गर्नुपर्ने बताएका छन्।

सम्बन्धित समाचार

ताजा पोष्ट