अनु चौधरी र हसन राइको सुमुधुर स्वरमा ‘दशैं आयो ‘ सार्वजनिक

काठमाडौँ ।नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने बजारमा दशैँको चहलपहल सुरु संगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन् यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको रेकर्ड ,म्युजिक भिडियो सुटिङ देखि सार्वजनिक गर्ने क्रम बढेको छ यस्तैमा बरिस्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत ‘दशैं आयो ‘ शुक्रबार सार्वजनिक भएको छ ।
पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राइको सुमुधुर स्वरमा रहेको ‘दशैं आयो ‘ गीतलाई सुनिल राईको एरेन्ज रहेको छ ।


नेपाली गीत-सङ्गीतको प्रवर्द्धन, भिडियो उत्पादन तथा वितरणका लागि सक्रिय लुङ्गटो कृयसनको अफिसियल युट्युब च्यानल ( Lungto Creation ) बाट सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपल ठकुरीको अभिनय रहेको छ । गायक हसन राईले
यसअघि १ महिना अघि मात्र आफ्नै जिल्लाबासी संगीतकार महेश खड्का संगको सहकार्यमा ‘खोर्सानी खायो मैनाले’ गीत ल्याएका थिए ।
उनको त्यो बुट्टे झोली ,मखमली चोली ,आखैमा लाउनु पर्दैन ,पैसा की बैस ,यी आखालाई लगायत दर्जनौ गीत आइसकेका छन् गायक राइले सार्वजनिक भएसँगै यस गीतले पनि सामाजिक सञ्जाल तथा डिजिटल संगीत प्लेटफर्ममा राम्रो चर्चा बटुल्न थालेको जानकारी दिनु भयो ।

 

सम्बन्धित समाचार

ताजा पोष्ट