सशस्त्रका दुई साहसी महिलाले फहराए सगरमाथामा राष्ट्रिय झण्डा

काठमाडौं-  नेपालको पर्वतारोहण इतिहासमा आज एउटा स्वर्ण अक्षरले लेखिने दिन बनेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को चुचुरोमा आज बिहान नेपाल सशस्त्र प्रहरी बलका दुई साहसी महिला अधिकारीहरूले सफलताका साथ पाइला टेकेका छन्।

पर्वतारोहणको इतिहासमै पहिलो पटक, सशस्त्र प्रहरी बलका महिला अधिकारीहरू सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन्। यस ऐतिहासिक सफलता प्राप्त गर्नेहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक  निम डेकी शेर्पासशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की रहेका छन्।

निम डेकी शेर्पा र अनिता कार्कीको यो सफलता केवल उनीहरूको व्यक्तिगत सफलता मात्र होइन, बरु सम्पूर्ण नेपाली महिलाको अदम्य साहस र दृढ इच्छाशक्तिको उत्कृष्ट उदाहरण हो। उनीहरूले हिमाल आरोहण क्षेत्रमा एउटा नयाँ रेकर्ड कायम गर्दै देशको नाम विश्वसामु उच्च बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट