काठमाडौं । नेपाली किसानको पहिलो व्यवसायिक उत्पादन – प्रिमियम एक्सट्रा लङग्रेन वास्नादार चामल आरजु राईस मिलले स्थानीय किसानहरुको सहकार्यमा प्रिमियम वास्नादार चामल बिक्री वितरण स्थानीय किसानको माझमा मोरङको डाँगीहाटमा आरजु राईस मिल रहेको छ ।
यसले निकै लामो समयदेखि ४ हजारभन्दा बढि किसानको सहकार्यमा विभिन्न जातका धानहरु उत्पादन गर्दै आएको छ । स्थानीय किसानहरु निर्वाहमुखीबाट अब बिस्तारै व्यवसायिकरणतर्फ अग्रसर भइरहेका छन् । यसअघि आरजु राईस मिलले मन्सुली तथा लोकल प्रिमियम चामल बजारमा निकै सहज तथा सरल मूल्यमा उपभोक्तालाई बिक्री वितरण गर्दै आएको छ ।
स्थानीय किसानका लागि रोपाईभन्दा अगाडी नै मिलले न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ । यसले किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाईन बैंकिङ माध्यमबाट भुक्तानी दिने गरेको छ । चैत २३ गने आरजु राईस मिलले प्रिमियम वास्नादार चामलको ब्लाईण्ड टेस्ट, दिवाभोज तथा अन्तरक्रिया कार्यक्रममा यहाँको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछ ।
Date: 23 Chaitra 2080
Time: 12:30 PM
Venue: Pepsicola, KTM
Himtaj Marg, Kathmandu 44600
