समुदायमा कांग्रेस अभियानका लागि नेताहरु जिल्ला जिल्लामा

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा समुदायमा कांग्रेस अभियान सुरु गरेको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले मंगलबारदेखि औपचारिक रुपमा अभियानको थालनी गरेको हो । अभियानका लागि पार्टीले तोकेका प्रतिनिधिहरु तोकिएका जिल्लाहरुमा पुगिसकेका छन् । जिल्लास्तरमा केन्द्रीय सदस्यहरु र प्रदेशस्तरमा पदाधिकारीहरु खटिएका छन् ।

यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम यात्रा थालिएको हो । यात्रा लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटिइसकेको अवस्थामा अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न पार्टीले अर्को टोली बनाएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै फरक–फरक टोली बनाएको जानकारी दिनुभययो । टोली माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छ । यसैबीच कांग्रेस महामन्त्री गगन थापाले अलग्गै संवाद यात्रा गरिरहनु भएको छ । थापाले शनिबार झापाबाट शुरु गरेको अभियान २६ गते महाकाली पुगेर टुंगिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट