वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्ने तयारी

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्ने तयारी थालेको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको जानकारी दिइन् ।उनले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापन प्रकाशित हुने बताइन् ।

उनले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएकोबारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताइन् ।

‘२२१ करारका कर्मचारीहरु हुन् । उनीहरुलाई कोरोनाको संक्रमण भएको अवधिका लागि मात्रै राखिएको थियो,’ सचिव गुरागाईंले भनिन्, ‘गत साल नै उहाँहरुसँग करार अन्त्य गर्नुपर्ने थियो । तर स्थायी दरबन्दीमा कर्मचारी माग गर्न ढिला भएका कारण यो वर्ष उहाँहरुको करार अन्त्य गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट