गैरआवासीय नेपाली संघका प्रतिनिधिले भेटे श्रममन्त्री अर्याललाई

काठमाडौं । गैरआवासीय नेपाली संघका प्रतिनिधिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग मन्त्रालयमा भेटघाट गरेका छन् ।

भेटका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र मुलुक भित्रै रोजगारी सृजना गर्नका लागि संघको संयन्त्रलाई सदुपयोग गर्न संघका अध्यक्ष डा.केसी आग्रह गर्नुभयो ।

संघका अध्यक्ष डा.केसीले हाल कुवेत सरकारले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई आममाफी दिएको जानकारी गराउनुभयो । यही अवसरमा कुवेतमा गैरकानुनी रुपमा बस्दै आएका नेपाली श्रमिकलाई नेपाल फर्कनका लागि सहजीकरण गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै, श्रमिक कल्याणकारी कोषको उचित सदुपयोग गर्न, श्रम मन्त्रालयको नीति निर्माणको क्रममा गैरआवसीय नेपाली संघलाई पनि समावेश गराउन, इराकमा श्रम स्वीकृति खुल्ला गर्न, औचापरिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन उहाँले आग्रह गर्नुभयो ।

साथै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, सात वटै प्रदेशमा भोकेशनल तालिम केन्द्र सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा मन्त्रालयसँग समन्वय गर्न संघ तयार रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईले महिला श्रमिकलाई सुरक्षित रुपमा वैदेशिक रोजगारी जान सक्ने वातावरण बनाउने कार्यमा पहल गर्न समेत आग्रह गर्नु भयो । भेटमा श्रममन्त्री अर्यालले श्रमिकको हित हुने कार्यमा संघसँग समन्वय गरी अगाडी बढ्न मन्त्रालयल तयार रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट