त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा भएको हो जहाज बुधबार करिब ११ बजे रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।
जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ। जहाजमा १९ जना यात्रु रहेका थिए।