एक्टिङ रियालिटी शो ‘एक्टिङ स्टार’को प्रि-जज अडिसन सम्पन्न भएको छ । हजारभन्दा बढीले डिजिटल अडिसन दिएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको थियो ।
सोमबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरेको आयोजक महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।
अडिसनमा नेपालको हिमाल, पहाड, तराईका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेष्ट बंगाल, मुम्बई र दुबईका पनि सहभागी थिए ।
गायन र नृत्यको मात्र कार्यक्रमहरु सञ्चालन भईरहेको अवस्थामा ‘एक्टिङ स्टार’ आउने खबरले सानादेखि ठूला उमेरका सबैलाई उत्साही बनाएको अडिसनमा सहभागी हुने प्रतिष्पर्धीहरुको भनाई छ ।
सहभागी हुनेमा कला र अभिनयमा रुची राख्नेदेखि लामो समयदेखि कलाकारितामा समय बिताइसकेका कलाकारहरु पनि रहेकाछन् ।
अर्को चरणमा प्रवेश पाउने प्रतिष्पर्धीहरुको नाम केहि दिनमा सार्वजनिक गरिने र फिजिकल अडिसनको घोषणा गरिने आयोजकको भनाई छ ।