काठमाडौं, ६ माघ । पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान शोएब मलिक शोएब मलिकले तेस्रो विवाह गरेका छन्। पहिलेकी पत्नी सानिया मिर्जासँग सम्बन्ध बिग्रिएको अनुमानबीच मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग बिहे गरेका हुन्।
इन्स्टाग्राममार्फत विवाहको तस्बिर पोस्ट गर्दै शोएब मलिकले उक्त जानकारी दिएका हुन्। २८ वर्षीया सना जावेदले पाकिस्तानका धेरै शो र म्युजिक भिडिओमा अभिनय गरेकी छन्।