एक्टिङ्ग रियालिटी शो ‘एक्टिङ्ग स्टार’ले आफ्नो विजेता तथा उपविजेताहरुलाई दिने पुरस्कारको घोषणा गरेको छ । कलाकारितामा रुची राख्ने र अभिनयलाई जीवनको अभिन्न अंगको रुपमा स्विकार्ने प्रतिष्पर्धीहरुको सहभागीता रहेको कार्यक्रममा २० जना बाँकी रहेकाछन् ।

अडिसनमा नेपालको हिमाल, पहाड, तराईका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेष्ट बंगाल, मुम्बई र दुबईका पनि सहभागी थिए । हजारौंबाट २० जनासम्म आइपुग्दा कार्यक्रममा विभिन्न प्रकारका कलाकारिता प्रस्तुत भइसकेकाछन् ।
जजहरु नीर शाह, अनुप बराल र रीचा शर्माको निर्णयबाट यी २० जना छानिएका हुन् र अब उत्कृष्ट १५ जना भने दर्शकले छान्न पाउने भएको छ । दर्शकले भोटको आधारमा आफ्नो मनपर्ने कलाकारलाई छान्न पाउने भएपछि दर्शकहरु पनि उत्साही छन् ।
नेपालबाट भोट गर्नको लागि ओएसआर कनेक्ट एप डाउलोड गरेर एक्टिङ्ग स्टारमा क्लिक गरी आफ्नो मनपर्ने कलाकारलाई भोट गर्न सकिन्छ भने नेपाल बाहिरबाट भोट गर्नको लागि सिनेमाघर एप डाउनलोड गरेर एक्टिङ्ग स्टारमा क्लिक गरी आफ्नो मनपर्ने कलाकारलाई भोट गर्न सकिन्छ ।
‘एक्टिङ्ग स्टार’को विजेताले २० लाख धनराशी र चलचित्रमा अवसर पाउनेछ भने फस्ट र सेकेन्ड रनरअपले क्रमशः १० लाख र ५ लाख प्राप्त गर्नेछन् । पहिलो एक्टिङ्ग स्टार को हुनेछ भन्ने निर्णय अब दर्शको हातमा रहेको आयोजक महक मिडिया नेटवर्कले जानकारी दिएको छ ।
![]()
