बिक्की र श्रद्धाको ‘कमेडी दरबार’मा नम्रता श्रेष्ठको इन्ट्री

काठमाडौं । कमेडियन बिक्की अग्रवाल र निर्देशक श्रद्धा प्रसाईंले नयाँ शो ‘कमेडी दरबार’को घोषणा गरेका छन् । कमेडी जनराको उक्त शोमा कलाकार विजय बराल अनुबन्धित भइसकेका छन् भने कमेडियन पवन खतिवडा म्याकुरी पनि आवद्ध भएको अग्रवालले ओहो पोष्टलाई जानकारी दिएका छन् । साथै, मिस नेपाल २०२० नम्रता श्रेष्ठले पनि बुधबार शोमा प्रवेश पाएकी छिन् ।

उक्त कार्यक्रममा वरिष्ठ कलाकार तथा अभिनेत्री गौरी मल्ल र कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त पनि जोडिने खबर आधिकारिक स्रोतबाट प्राप्त भएको छ । साथै, अन्य चर्चित तथा ख्याती प्राप्त कलाकारहरुलाई समेत अनुबन्धित गरिदै लगिने अग्रवालले बताएका छन् ।

‘आम्मा कस्सम याँ दुख्छ’को तेस्रो सिजन किन नल्याएको भन्ने प्रश्नमा श्रद्धा भन्छिन्, “आम्मा कस्समलाई एक प्रकारका दर्शकहरुले डबल मिनिङ शो भन्ने गरेको र अब ‘कमेडी दरबार’बाट त्यो भ्रम हटाउन पनि नयाँ शोको खाँचो भएकोले अहिलेलाई यता समय दिएको हो । ‘आम्मा कस्सम’ पनि दर्शकहरुले चाँडै हेर्न पाउने छन् ।”

‘कमेडी दरबार’ पारिवारिक शो हुने बताइएको छ । शोलाई बिक्की र श्रद्धाले निर्देशन गर्नेछन् । शो प्राइम टेलिभिजनमा प्रसारण हुनेछ भने युट्युबमा ओएसआर रियालिटी मार्फत् हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट