सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको छ ।
हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ ।
