गत साउनको तुलनामा अहिले राजश्व २०.१ प्रतिशत र पुँजीगत खर्च ९ गुणाले वृद्धि

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको पहलकदमीका कारण केही सकारात्मक संकेतहरु शुरु भएको बताउनु भयो ।

उहाँले पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा ९ गुणाले वृद्धि भएको बताउनु भयो । उहाँले घरजग्गा कारोबार अहिले आम मानिसहरुमा चासोको विषय रहेको भन्दै घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको बताउनु भयो ।

उहाँले घरजग्गा कारोबार गत वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउन महिनामा ११ प्रतिशतले बढको दाबी गर्नुभयो । उहाँले राजश्व ३२ प्रतिशतले वृद्धि भएको बताउनु भयो । अर्थतन्त्रमा सकारात्मक संकेत अनायास नभएको भन्दै सरकारप्रति आम नागरिकको विश्वासका कारण सम्भव भएको बताउनु भयो ।

सरकारले लिएको नीतिको प्रभावका कारण पनि अर्थतन्त्र सकारात्मक बन्दै गएको बताउनु भयो । उहाँले अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा नरहेको र अझ तिब्र गतिको आर्थिक प्रगति देशलाई चाहिएको बताउनु भयो । आर्थिक क्षेत्रमा रहेका समस्याको शिघ्र समाधान चाहिएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट