नाडाका प्रतिनिधी र प्रधानमन्त्रीबीच छलफल, अटोमोवाइल क्षेत्रका समस्या सम्बोधन गर्न आग्रह

काठमाडौं, १२ माघ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधी मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी छलफल गरेको छ । उक्त भेटघाटमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे छलफल गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री समक्ष अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन-हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनु पर्ने । बैकहरुबाट निजी सवारी साधनको हाइ पर्चेज लोन प्रवाह गर्ने प्रकियामालोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधन गरिनु पर्ने तथा भारतिय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकोले त्यसलाई व्यवस्थित गर्न आग्रह गरे ।

यसै क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानहरु बारे प्रिजेण्टेशन मार्फत विस्तृत रुपमा जानकारी गराए। छलफलमा प्रधानमन्त्रीले विद्युतिय सवारी साधन, चार्जिङ्ग स्टेसन र नेपालमा अटोमोवाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताए ।

उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट