लिभरपुलको अग्रता कायमै

काठमाडौं, ८ माघ ।  प्रिमियर लिगमा बर्नमाउथलाई ४–० ले पराजित गर्दै लिभरपुल तालिकाको शिर्षस्थानमै रहन सफल भएको छ ।

डार्विन नुनेजले ४४ औं र खेलको इन्जुरी टाइममा गोल गरेका थिए भने डिएगो जोटाले ७० औं र ७९ औं मिनेटमा गोल गरेका थिए ।

जितपछि शीर्ष स्थानको लिभरपुलले म्यानचेष्टर सिटी, आर्सनल र एस्टन भिल्लामाथि पाँच अंकको अग्रता बनाएको छ । २१ खेलबाट लिभरपुलले ४८ अंक जोडेको छ ।

सिटीको २० खेलबाट तथा आर्सनल र एस्टन भिल्लाको २१ खेलबाट समान ४३ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट