नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढ्योः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आायेजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नयाँ शितयुद्ध चलिरहेको र त्यसको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरुले औंल्याइरहेको बताउनु भयो । उहाँले अहिले असामान्य ढंगको परिस्थिति सिर्जना भइरहेको बताउनु भयो । अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताउनु भयो । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु भइरहेको बताउनु भयो । उहाँले अहिले संसार तस्रो विश्वयुद्धको संघारमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यतिबेलाको परिस्थिति, समग्र विश्व परिस्थिति पनि अहिले असाधारण, असामान्य ढंगले बढेको छ । चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ । त्यसको विश्वव्यापी असर छ । इजरायल र हमासबीच चलिरहेको लडाईं वा इरान र इजरायलको बीचमा कति बेला विष्फोट हुन्छ थाहा छैन । अहिले संसार तस्रो विश्वयुद्धको संघारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि शुरु गरिएको छ । विश्व पहिलाको भन्दा पनि अुसरक्षित भएको छ । अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको छ । श्रीलंका, बंगलादेशको घटनालाई हेर्दा थाहा हुन्छ । नेपललाई राम्रोसँग उपयोग गर्न जान्यो भने नेपालको निम्ति ठूलो अवसर छ, हामीले जानेनौँ र सकेनौँ भने निकै ठूलो दुर्घटनामा पनि जानसक्छ । नयाँ शितयुद्ध चलिरहेको र यसको केन्द्रबिन्दु नेपाल पो हुने हो की भन्ने कतिपयले भनेका छन् । अहिले शक्तिराष्ट्रहरुको ध्यान र चलखेल नेपालमा अलि बढी नै छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो छ, राष्ट्रिय परिस्थिति पनि सामान्य छैन । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु केही समय यता भएका छन् । संसदीय प्रणालीमा पहिलो र दोस्रो ठूलो दलको सरकार प्रायः बनाउँदैनन् ।’

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट