ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले अब आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले पुल्चोकमा ‘आकार डर्माटोलोजी’ नामक कस्मेटिक लेजर क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।
विभिन्न अस्पताल र निजी क्लिनिकमा लामो समय सेवा दिएपछि डा. राजनले आफ्नै क्लिनिक सुरु गरेका हुन् । आधुनिक युरोपियन उपकरणसहित सञ्चालनमा ल्याइएको आकार डर्माटोलोजीमा करिब २० प्रकारका कस्मेटिक तथा डर्माटोलोजी सम्बन्धी सेवा दिइरहेको छ ।

क्लिनिकमा छालाका रोग, कपाल झर्ने समस्या, यौन रोग, चाउरीपन, चाया–पोतो, नङसम्बन्धी समस्या लगायतको उपचार हुन्छ । । यसैगरी खत तथा दाग हटाउने र शरीरमा अनावश्यक रूपमा रहेका रौं लेजर प्रविधिबाट स्थायी रूपमा हटाउने सेवा पनि उपलब्ध छ ।
नेपालमा कस्मेटिक उपचार महँगो हुने आम धारणा रहेको भन्दै डा. राजनले आधुनिक प्रविधिको उपचारलाई सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले आकार डर्माटोलोजी सञ्चालनमा ल्याएको बताए ।
‘कस्मेटिक उपचार नेपालमा महँगो हुन्छ भन्ने मानिसहरूको धारणा छ । उपचार गर्नै नसकिने महँगो पनि छैन,’ डा. राजनले भने, ‘विदेशमा बस्ने नेपालीहरू समेत उपचारका लागि नेपाल आउने गरेका छन् ।’
उनका अनुसार देशका विभिन्न क्षेत्रबाट उपचारका लागि सेवाग्राही आउने गरेका छन् । पश्चिममा धनगढी र दाङदेखि पूर्वमा धरान तथा झापासम्मका सेवाग्राही उपचारका लागि आउने गरेको उनले बताए ।
काठमाडौं विश्वविद्यालयको नेपाल मेडिकल कलेजबाट एम.बि.बि.एस तथा त्रिभुवन विश्वविद्यालयबाट डर्माटोलोजीमा एमडी गरेका डा. राजनले हालसम्म २ हजारभन्दा बढी कस्मेटिक सर्जरी गरिसकेको बताएका छन् । आकार डर्माटोलोजीमा उनीसहित अन्य चार जना डाक्टर र ६ जना नर्स कार्यरत छन् ।

