बाजुरामा भारी वर्षा, विभिन्न ठाउँमा क्षति

बाजुरा । बाजुरामा भारी वर्षा भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा हिजोदेखि भारी वर्षा भएको हो ।

वर्षाले विभिन्न ठाउँमा जनधनको क्षति पु¥याएको छ । अविरल वर्षाका कारण जगन्नाथ गाउँपालिका–१ क्षेत्रमा ठुलो प्राकृतिक विपत्ति निम्तिएको छ ।

वर्षाबाट सोही पालिकाको वडा नं. १ को पिलुचौर क्षेत्रमा ठुलो क्षति भएको हो । पिलुचौरस्थित बड्डीगाड लघु जलविद्युत परियोजना मा व्यापक क्षति पुगेको छ ।

वर्षासँगै नहरको माथिल्लो भूभागबाट आएको पहिरो तथा त्यससँग बगेर आएको ढुङ्गा, गिट्टी र बालुवाले परियोजनाको फोरबे, ग्राभेल ट्र्याप, ७३५ मिटर नहर तथा इन्टेक साइडको करिब १२० मिटर अर्थेन कुलो पुरिएर क्षति पुगेको हो।करिब ४० मिटर नहर पूर्ण रूपमा नष्ट भएको छ ।
त्यस्तै बुढिनन्दा नगरपालिकामा समेत वर्षाले ठुलो क्षति पु¥याएको छ । भारी वर्षाले खेतीयोग्य जमिन बगरमा परिणत भएका छन्। वडा नं १र ६ लगायतका विभिन्न स्थानहरूमा बाली नाली नष्ट हुनुका साथै बाटो घाटो खानेपानी र विद्युत् अवरुद्ध भएको छ ।

विशेष गरी साउनेगाउ,लाटुबस्ती,मोटेला पार्तोला लगायतका क्षेत्रमा उब्जाउ खेतबारीहरू काम नलाग्ने गरी बाढीले नष्ट पारेको बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक बोहराले बताए । तत्काल क्षति विवरण संकलन,जनजीवन सामान्य अवस्थामा ल्याउन नगर सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए ।

पिलुचौर–ढाडाकोट–कोल्टी सडक पूर्ण रूपमा क्षतिग्रस्त भई यातायात सेवा अवरुद्ध भएको थियो।नगरपालिकाले जेसिवि परिचालन गरी सडक सञ्चालनमा ल्याइएको छ ।

विद्युत्, सडक र खानेपानी जस्ता आधारभूत सेवाहरू अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक जनजीवन अत्यन्त कष्टकर बनेको छ । यहाँका ९ वटै स्थानीय तहमा वर्षा जारी छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहत व्यवस्थापनका लागि प्रदेश सरकार तथा नेपाल सरकार समक्ष तत्काल आवश्यक आर्थिक, प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराइदिन पिडितले माग गरेका छन् ।

सम्बन्धित समाचार

ताजा पोष्ट