ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको अप्रत्याशित र दुःखद निधनले अहिले बैंकिङ क्षेत्र र सामाजिक सञ्जाल स्तब्ध बनेको छ। दमक-८ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका खड्काको आत्महत्याको पछाडि गहिरो मानसिक तनाव र कार्यस्थलको ठूलो दबाब रहेको आशंका गरिएको छ।
आत्महत्या गर्नुअघि खड्काले सामाजिक सञ्जालमा बैंकका ४ जना उच्च अधिकारीहरू (सिइओ सुरेन्द्र राज रेग्मी, असिस्टेन्ट सिइओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुँवर र डेपुटी सिइओ सुमन पोखरेल) को एआई (AI) फोटो राख्दै उनीहरूलाई ट्याग गरेर “तिमीहरूले मलाई माऱ्यौ“ भन्ने गम्भीर आरोप सहितको स्टाटस लेखेका थिए।
दमक प्रहरीका अनुसार खड्काको मोबाइल लगायतका सामान नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको छ। स्टाटसमा उल्लेख गरिएका बैंकका शीर्ष व्यवस्थापन (Senior Management) र उनी कार्यरत शाखाका कर्मचारीहरूसँग प्रहरीले बयान लिने तयारी गरिरहेको छ।
