सजन श्रेष्ठ र बिटी कान्छाको नाटक, दर्शकलाई मूर्ख बनाएर पैसा छाप्दै

काठमाडौं । विगत केहि दिनदेखि कमेडियन सजन श्रेष्ठ र विश्वास तिम्सिना (बिटी कान्छा)को एकअर्कालाई नानाथरी भनेको भिडियो एक्कासी चर्चित भयो ।

उनीहरुको भिडियोलाई आधार मान्ने हो भने बिटीले सजनलाई उसको भिडियो रियाक्ट नगर्नु भने तर सजनले जवाफमा पहिला आफू नचल्दा आग्रह गर्नेले अहिले चर्चित भएपछि औकात बिर्सिएको र झयाम्मै हान्नेसम्म भने ।

त्यस लगत्तै कमेडियन उत्सब सापकोटाले पनि सजनको साथ दिंदै भिडियो बनाए । उत्सबले पनि बिटीलाई निहुँ नखोज्नु भन्दै चेतावनी दिए । पछि आयुष श्रेष्ठ र योजना थापा मगरले पनि सजनलाई साथ दिंदै भिडियो पोष्ट गरे । सबै भिडियोमा दर्शकहरुको मिश्रित प्रतिक्रिया थियो । तर, अधिकांशले यो उनीहरुको नाटक हो, कुनै नयाँ शो आउन लागेको होला भन्दै वेवास्ता गरे ।

वास्तविता त तब खुल्यो, जब बजाज नेपालले आफ्नो सामाजिक सञ्जालमा सजन र बिटीलाई मेन्सन गर्दै लेखे, “अत्ति भयो, साँच्चै खोजेकै हो त ? यो New खोज्ने चाहिँ को हो ? New खोज्ने को हो जान्न मन छ भने ११ मे मा भृकुटीमण्डप आउनु होला।”

यो सबै मार्केटिङ फन्दा मात्रै रहेको थाहा भयो । यो पहिलो अस्त्रले सायद काम गर्यो तर ‘बाघ आयो, बाघ आयो’ भन्दै गर्दा पछि साँच्चै बाघ आउने बेला दर्शकहरुको विश्वास नगुमाउला भन्न सकिन्न । कलाकारहरुसँग दर्शकको भावनात्मक सम्बन्ध हुने गर्दछ । उनीहरु दर्शकप्रति सज्जन हुनैपर्छ ।

 

सम्बन्धित समाचार

ताजा पोष्ट