बागमतीका मुख्यमन्त्रीको निजी कार्यालय र निवासमा शुद्धीकरण विभागको छापा

बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका  नेता इन्द्रबहादुर बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कडा निगरानी सुरु गरेको छ। अवैध रूपमा सम्पत्ति आर्जन गरेको र लुकाएको विशेष आशंकामा विभागले सोमबार मुख्यमन्त्री बानियाँको निजी निवास र व्यावसायिक कार्यालयहरूमा एकसाथ छापा मारेको हो।

विभागको टोलीले हेटौंडाको सानोपोखरास्थित बानियाँको निजी निवास र उनकै स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ (BNS) को कार्यालयमा आकस्मिक खानतलासी गरेको छ। छापा मार्ने क्रममा टोलीले केही महत्वपूर्ण व्यावसायिक दस्ताबेज र बैंकसँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

अनुसन्धानको दायरा हेटौंडामा मात्र सीमित छैन; विभागले काठमाडौंको नक्साल र सुन्धारामा रहेका बानियाँसँग जोडिएका विभिन्न व्यावसायिक ठेगानाहरूमा पनि छापा मारेको छ। राजनीतिमा सक्रिय हुनुअघि र पछि पनि निर्माण व्यवसाय र अन्य ठूला व्यापारिक क्षेत्रमा बानियाँको ठूलो लगानी रहँदै आएको छ।

सम्बन्धित समाचार

ताजा पोष्ट