विश्व पृथ्वी दिवस: मरुभूमि, मानव बस्ती र हरियालीको अनौठो संगम ‘ताङ्वे गाउँ’

विश्व पृथ्वी दिवस

३ हजार ६० मिटर उचाईमा रहेको ताङ्वे गाउँ प्रकृतिले आफ्नै हातले सजाएको अनुपम गन्तव्य जस्तै लाग्छ।

पृथ्वीमा यस्ता थोरै स्थान मात्र छन्, जहाँ एकैसाथ हिमाली सौन्दर्य, मरुभूमिको अनुभूति, मानव बस्तीको सरल जीवनशैली र खेतीयोग्य जमिनको हरियाली देख्न पाइन्छ। ताङ्वे गाउँ त्यही दुर्लभ विशेषता बोकेको एउटा अद्भुत ठाउँ हो। एकातिर मरुभूमि जस्तो देखिने सुख्खा भू–भाग, अर्कोतिर साना–साना खेतका गराहरू , छेउमै बगेको कालीगण्डकी र पृष्ठभूमिमा रहेको निलगिरी हिमालको दृश्यले प्रकृतिको अनौठो सन्तुलनलाई झल्काउँछन्।

सम्बन्धित समाचार

ताजा पोष्ट