ब्रेकिङ: अब हप्तामा दुई दिन सार्वजनिक बिदा, सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ६ बजेसम्म

सरकारले आगामी चैत २३ गतेदेखि लागू हुने गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले शनिबार र आइतबार दुवै दिन बिदा दिने प्रस्ताव पारित गरेको हो।

इन्धन खपत कम गर्ने, सार्वजनिक खर्च कटौती गर्ने र कर्मचारीहरूको कार्यक्षमता बढाउने उद्देश्यले यो परीक्षणकालीन व्यवस्था लागू गर्न लागिएको सरकारी स्रोतले जनाएको छ। अन्तर्राष्ट्रिय अभ्यास र बढ्दो आर्थिक चुनौतीलाई मध्यनजर गर्दै सरकारले आइतबार पनि बिदा दिने नीति लिएको हो।

दुई दिन बिदा दिँदा सेवाग्राहीको काम प्रभावित नहोस् भन्नका लागि सरकारले कार्यालय समयमा भने वृद्धि गरेको छ। चैत २३ देखि सबै सरकारी कार्यालयहरू बिहान ९:०० बजे खुल्नेछन् र साँझ ६:०० बजेसम्म सञ्चालन हुनेछन्। यसअघि कार्यालय समय १०-५ वा १०-४ रहने गरेको थियो।

सम्बन्धित समाचार

ताजा पोष्ट