पूर्वमन्त्री सुदन किरातीद्वारा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट राजीनामा

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली नेता एवं पूर्वमन्त्री सुदन किरातीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्। बुधबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकमा किरातीले आफ्नो राजीनामा पत्र पेस गरेका हुन्।

प्रलोपा स्रोतका अनुसार, किरातीले अध्यक्ष परिषद्को सदस्य पद त्याग गर्ने निर्णय लिए पनि उनको राजीनामा भने हालसम्म स्वीकृत भइसकेको छैन। राजीनामाको ठोस कारण स्पष्ट नभए पनि पार्टीभित्रको आन्तरिक समीकरण र असन्तुष्टिका कारण उनले यस्तो कदम चालेको अनुमान गरिएको छ।

सम्बन्धित समाचार

ताजा पोष्ट