पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको म्याद थपको तयारी: इजलास १४ मा न्यायाधीश श्रेष्ठको प्रतीक्षा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ। न्यायाधीश आनन्द कुमार श्रेष्ठको १४ नम्बर इजलासमा म्याद थप सम्बन्धी बहस हुने तयारी भए पनि सरकारी वकिलको कार्यालयबाट फाइल आउन बाँकी रहेकाले लेखकलाई हाल रजिस्ट्रारको कार्यकक्षमा राखिएको छ।

यसैबीच, स्वास्थ्य अवस्था प्रतिकूल रहेका कारण पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अदालत उपस्थित गराउन नसकिने भएको छ। पूर्वमहान्यायाधिवक्ता रमेश बडालका अनुसार ओलीलाई भिडियो कन्फ्रेन्सिङ (भर्चुअल) माध्यमबाट इजलासमा प्रस्तुत गरिनेछ।

अदालत परिसरमा दुवै नेताका समर्थक र कानुन व्यवसायीहरूको ठूलो भिड लागेको छ। सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ।

सम्बन्धित समाचार

ताजा पोष्ट